बिर्तामोडको प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा करिब ९० लाखको क्षति

बुद्धशान्ति । झापाको बिर्तामोड –२ चैतुबारीमा रहेको रिद्धिसिद्धि प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा ९० लाख बराबरको क्षति भएको छ । गएराति ९।३० बजेतिर बिर्तामोड नगरपालिका वडा नं २ चैतुबारीमा लक्ष्मी श्रेष्ठले संचालन गरेको रिद्धिसिद्धि प्लाई फ्याक्ट्रीमा प्लाई सुकाउने ड्रायर मेसिन तातिएर आगलागी भएको हो । आगलागीबाट प्लाई सुकाउने मेसिन जल्दा अन्दाजी ९० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोली, स्थानीय , फ्याक्ट्रीका कामदार र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति १०।२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *