Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडको भुसुडी खोलामा ट्रस पुल निर्माण सम्पन्न

बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित भुसुडी खोलामा ट्रस पुल निर्माण सम्पन्न भएको छ। पुल नहुँदा सतालसिङ र डाँडागाउँ टोलका स्थानीय बासिन्दाले वर्षौदेखि वारीपारी गर्न समस्या भोग्दै आएका थिए।

भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशको २७ लाख ५८ हजार आठ सय एकाउन्न रुपैयाँ (भ्याट, पि.एसआईटम) सहितको लगानीमा १६ मिटर लम्बाई तथा १.६ मिटर चौडाईको पुल निर्माण भएको हो।

EPIC EPIC EPIC

वडा नम्बर ९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाईले पुल बनेपछि सहिद लक्ष्मी प्राथमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवतजावतमा सहज भएको बताउनुभयो। उहाँले वर्खामा वारीपारी गर्न बाँसको फड्के लगाउनुपर्ने समस्याको यस वर्षदेखि समाधान भएको पनि बताउनुभयो। प्रदेश सांसद कमला थापा मगरको पहलमा पुलको बजेट विनियोजन भएको जनाइएको छ।

पुल निर्माणको काम सम्पन्न भएकोले चेकजाँच तथा अनुगमन गरी चाँडै हस्तान्तरण गरिने ठेकेदार कम्पनी आस्था निर्माण सेवा सुनसरीका प्रतिनिधि लिफाङ लिम्बुले जानकारी दिनुभयो। यस पुलबाट १७५ घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *