बिर्तामोडको विराट पोखरीमा नवरात्र दुर्गा पूजा कार्यक्रम हुने, भोलि कलश यात्रा

झापा । बडादशैँको पावन अवसरमा श्री विराट पोखरी (सरोवर) बहुउद्देशीय विकास समितिको आयोजनामा नवरात्र दुर्गा पूजा कार्यक्रम संचालन हुने भएको छ। समितिका अनुसार कार्यक्रम असोज ६ गते(भोलि) देखि असोज १६ गतेसम्म बिर्तामोड–३, विराट पोखरी परिसर विराटपोखरमा हुने भएको हो।

असोज ६ गते(भोलि) बिहान १० बजे देवी स्थापना र कलश स्थापना हुने कार्यक्रम छ भने बेलुका ७ बजेबाट १० बजेसम्म भजन–कीर्तन हुनेछ। असोज ७ गतेदेखि १२ गतेसम्म दैनिक पूजा, पाठ पारायण, साँझ आरती, भजन–कीर्तनसँगै ज्ञानमञ्च तथा धार्मिक प्रवचन आयोजना गरिनेछ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

यसैगरी असोज १३ गते बिहान ७ बजे फुलपाती भित्र्याइनेछ भने असोज १४ गते बेलुका ७ बजेदेखि १० बजेसम्म कालरात्री पूजा गरिने कार्यक्रम तय गरिएको समितिले जनाएको छ। असोज १५ गते नवदुर्गा समापन कार्यक्रम हुनेछ भने अन्तिम दिन असोज १६ गते बिहान ७ बजेदेखि जमरा वितरण तथा मुती सेलाउने कार्यक्रम रहेको छ।

समितिले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको भावनासहित सम्पूर्ण भक्तजनलाई अनिवार्य उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *