बिर्तामोडको हर्कलाल मार्ग अवरुद्ध गरेर स्थानीयले गरे प्रदर्शन

झापा बिर्तामोडको हर्कलाल मार्ग ठेक्का लागेको लामो समय बिते पनि निर्माण सम्पन्न नभएको भन्दै स्थानीयले सडक बन्द गरेर विरोध जनाएका छन् ।


भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीले ढिलासुस्ती गर्ने कम्पनीलाई कारवाहीको सट्टा संरक्षण गर्दा सडक निर्माण कार्यमा ढिलाई भएको भन्दै स्थानीयले हर्कलाल मार्गको आवागमन ठप्प पारेका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

बिहीबार बिहान त्यस क्षेत्रका स्थानीयले बिर्तावजारबाट पूर्व हुँदै हर्कलाल मार्ग जोड्ने चौवाटो र भद्रपुर रोडको प्रकाश पेट्रोल पम्प नजिकै सडकको दुवै तर्फ बास तेर्साएर आवागमन ठप्प पारेका हुन् ।

सडक निर्माणको जिम्मा लिएको कम्पनीका सञ्चालकलाई कारवाही गर्नुको सट्टा पटक–पटक म्याद थप गरेर भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीले निर्माण कम्पनीको पक्षपोषण गरेको भन्दै स्थानीयले भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीका प्रमुख रमेश श्रेष्ठलाई समेत कारवाहीको माग समेत गरेका छन् ।

सडक निर्माणमा ढिलासुस्ती हुँदा त्यस क्षेत्रका नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै पर्यावरण माथि परेको प्रभावका विषयमा कार्यलय प्रमुखलाई अवगत गराउँदै ज्ञापन पत्र समेत वुझाएको हर्कलाल मार्ग पीडित नागरिक तर्फका धनश्याम नेपालले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *