Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडमा असोज ७ गतेदेखि किताब मेला

बिर्तामोड । झापामा किताब मेला आयोजना हुने भएको छ । दशैं पर्वको अवसर पारेर वीरता रिडर्सको आयोजनामा दशैं कोसेली किताब भन्ने नाराका साथ बिर्तामोडमा किताब मेला संचालन हुने भएको हो ।

बिहिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आयोजकले किताब मेला आयोजाना, तयारी र व्यवस्थापनबारे जानकारी गराएको हो ।

EPIC

लेखक र पाठकहरूबीच सम्बन्ध सेतु स्थापित गर्ने उद्देश्यले किताब मेलाको आयोजना गरिएको वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिनुभयो । सिग्देलले बिर्तामोडको शनिश्चरे रोडस्थित नेपाल बैंक छेउ इशा बुक्स अगाडी किताब मेला संचालन गरिने बताउनुभयो । उहाँका अनुसार असोज ७ गतेदेखि २३ गतेसम्म मेला सञ्चालन हुनेछ ।

सिग्देलले दशैंमा अन्य सामाग्रीहरु खरिद गरेझै किताब खरिद गर्ने संस्कृतिको विकास हुनुपर्नेमा जोड दिदै किताब नै उपहार दिने गरिएमा पाठन शैलीको विकास हुनुको साथै सर्जकहरुलाई समेत थप प्रेरीत गर्ने बताउनुभयो ।

साहित्य पत्रकार मञ्च, झापाली साहित्य समाज र बिर्तामोड पुस्तकालयको सहकार्यमा पुस्तक मेला आयोजना हुन लागेको हो । मेलामा झापाली लेखकका किताबको छुट्टै स्टल रहने जनाइएको छ । मेलामा आएका पाठकहरुले समेत लेखक तथा साहित्यकारसँग साक्षात्कार गर्न पाउनेछन् ।

मेलामा बिर्तामोडको ईशा बुक्स एण्ड स्टेसनरीले स्टल व्यवस्थापन गरेको छ । स्टलमा ९०० भन्दा बढी किताब रहने जनाइएको छ । स्टेसनरी सञ्चालक केशव मैनालीले सबै क्षेत्रका किताब उपलब्ध हुने बताउनुभयाे ।

लेखक तथा रिडर्स अभियानका अभियन्ता समेत रहनुभएका पत्रकार सन्तोष आचार्यले पाठकको रुचि र चाहना अनुसार लेखन अभ्यासमा सक्रिय हुन लेखकहरूलाई समेत प्रेरित गर्ने उद्देश्यले किताब मेला आयोजना गरिएको जानकारी दिनुभयो ।

आयोजकले मेलामा किताब खरिद गर्नेहरुलाई बिषेश छुट रहेको जानकारी गराएको छ भने मेलाको अवलोकन गर्न आवहान समेत गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *