बिर्तामोड, साउन ७ — झापाको बिर्तामोड नगरपालिका–६ शुभ बिहानी टोलस्थित सरोज लावतीको सुँगुर फर्ममा कार्यरत एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
मृतकको परिचय भारतको सिक्किम घर बताउने अन्दाजी ६५ वर्षीय डम्बर ब. मगरका रूपमा खुलेको छ। उनी आज बिहान करिब ६:३० बजे फर्मभित्रै ओछ्यानमा मृत भेटिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
प्रहरीका अनुसार मृतकको स्थायी बसोबास भारतको सिक्किममा रहेको र उनका आफन्तलाई खबर गर्ने प्रयास भइरहेको छ।
आज बिहान ८:४५ बजेको समयमा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बिर्तामोडले घटनाको थप अनुसन्धान गरिरहेको छ।