बिर्तामोडमा ओभरपास निर्माण हुने, व्यवसायीहरूले व्यक्त गरे चासो

बिर्तामोड । झापाको बिर्तामोडमा व्यवसायीहरूले एसियन हाइवे निर्माणका क्रममा हुने संरचना, बजार क्षेत्रमा पर्न सक्ने असर तथा शान्ति–सुरक्षासम्बन्धी विषयमा चासो व्यक्त गरेका छन्।

बिर्तामोड उद्योग वाणिज्य संघले शुक्रबार अतिथि सदनमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा व्यवसायी तथा सरोकारवालाले दशैँ नजिकिँदै गर्दा सडक निर्माणले व्यापारमा पर्ने प्रभावबारे जिज्ञासा राखेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

परामर्शदाता इञ्जिनियर मानबहादुर गमरले मुक्तिचोकमा बन्ने ओभरपासबारे जानकारी दिँदै पश्चिमतर्फ ३९० मिटर र पूर्वतर्फ २०० मिटर लम्बाइको ओभरपास निर्माण हुने बताए। दुवै भागमा क्रमशः ६० र ५५ मिटरको अण्डरपास रहनेछ। बिर्तामोड, चारपाने र चारआलीमा पनि ओभरपास निर्माण हुने उल्लेख गरिएको छ।

व्यवसायीहरूले ओभरपासमा पर्खालको सट्टा पिलर बनाउनुपर्ने माग गरेका छन्। पर्खाल बनेमा उत्तर–दक्षिण आवागमनमा अवरोध हुने उनीहरूको चिन्ता छ।

एडिबीको ऋणमा निर्माण हुँदै गरेको ४५ किलोमिटर लामो यो पूर्वी खण्डमा ट्राफिक लाइट, फुटपाथ, अण्डरपास, ६ वटा सिग्नेचर पुल तथा वन्यजन्तु वारपार गर्ने संरचना बन्नेछ। सडक निर्माणका क्रममा बिजुली, पानी जस्ता पूर्वाधारमा क्षति नपार्न व्यवसायीहरूले आग्रह गरेका छन्।

सार्वजनिक सुनुवाइमा पार्किङ अभाव, सडक बत्ती समस्या, लागुऔषध कारोबार, युवाहरूको होहल्ला, क्यासिनो सञ्चालन, अटोको बढी भाडा, स्कुल बसमा क्षमताभन्दा बढी विद्यार्थी लैजाने जस्ता समस्या पनि उठाइएका थिए।

प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले सडक निर्माण गर्दा व्यवसायीलाई मार नपर्ने गरी काम गर्न सुझाव दिइन्। प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले नेपालीहरूलाई क्यासिनोमा जान कानूनी प्रतिबन्ध रहेको स्पष्ट पार्दै, लागुऔषध नियन्त्रणका लागि प्रहरीलाई निगरानी बढाउन निर्देशन दिएको जानकारी दिए।

कार्यक्रममा एशियन हाइवे पूर्वी खण्डका योजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्त, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बू, नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख सञ्जीवकुमार साहलगायत सरोकारवालाले सहभागीको प्रश्नको उत्तर दिएका थिए।

सुनुवाइ कार्यक्रम बिर्तामोड वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो भने महासचिव कुशल खतिवडाले सञ्चालन गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *