Search
Close this search box.
Search
Close this search box.

बिर्तामोडमा छुरा प्रहार गर्ने दुई युवा पक्राउ

झापा। झापाको बिर्तामोडमा एक भारतीय नागरिकमाथि छुरा प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–६ स्थितमा फुलबारीको व्यावसाय गरेर बस्दै आएका भारतीय नागरिक ३५ वर्षीय हविबुल स्लामलाई बुधबार बेलुका दुई युवाले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट स्लामको ढाँड र कुममा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

EPIC

पक्राउ पर्नेमा इलाम घर बताउने हाल बिर्तामोड–५ मा बस्दै आएका २१ वर्षीय भद्रबहादुर बस्नेत र ताप्लेजुङ फुङ्लिङ नगरपालिका–६ घर बताउने हाल बिर्तामोड–६ मा बस्दै आएका २६ वर्षीय रोहन तामाङ रहेका छन् ।

स्लामलाई छुरा प्रहार गरेर उनीहरु फरार भएका थिए । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा उनीहरुलाई आज दिउँसो बिर्तामोड–५ स्थित सुगम पेट्रोल पम्प नजिकबाट पक्राउ गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अघि बढाइएको छ । घाइते स्लामको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *