संविधान दिवसको अवसरमा झापाको बिर्तामोडमा दिप प्रज्वल गरिएको छ। देशका विभिन्न सहर तथा चौकहरुमा दिप प्रज्वल गरि संविधान दिवस मनाउने क्रममा बिर्तामोडको मुक्ति चौकमा बृहत दिप प्रज्वलन कार्यक्रम गर्दै मनाइएको हो।
नेपाल विद्यार्थी संघ बिर्तामोड नगर कार्य समितिको अगुवाइमा दिप प्रज्वलन गरिएको हो। उक्त कार्यक्रममा ने.बि संघ बिर्तामोड नगर कार्य समिती झापाका सभापति योगेन्द्र थापाको सभापतित्व, नेपाली काँग्रेस झापा जिल्ला सचिब कृष्ण हुमागाईंको प्रमुख आतिथ्यता, ने.बि संघ पूर्व केन्द्रिय सदस्य अनुज खड्का र ने.वि संघ झापा जिल्ला सभापति राजेन्द्र उप्रेतीको विशिष्ट आतिथ्यता, नेपाल तरुण दल झापा जिल्ला सहसचिव सजेस सिवाकोटी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि राधा सुब्बा, ने.बि संघ झापा जिल्ला सचिब पोशराज कटुवाल र विभिन्न क्याम्पस इकाई समिति पदाधिकारीहरुको आतिथ्यतामा औपचारिक रुपमा सञ्चालन भएको दिप प्रज्वलन कार्यक्रम भने ने.बि संघ भानु मा.वि इकाई समितिका सभापति सन्देश दाहलले सञ्चालन गरेका थिए।