बिर्तामोडमा परालको थुप्रोमा बेवारिसे शव फेला

झापाको बिर्तामोडमा परालको थुप्रोमा एक बेवारिसे शव फेला परेको छ । बिर्तामोड- ३ स्थित आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको परालको थुप्रोमा अन्दाजी वर्ष ५५–६०का व्यक्तिको बेवारिसे शव आज दिउँसो फेला परेको हो । शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मागिखाई हिँड्ने व्यक्ति मृत फेला परेको स्थानीयले बताएका छन् ।

EPIC

मृतक बिर्तामोड- ६ का कुर्मी थरका व्यक्ति भएको बताइए पनि त्यहाँ गएर बुझ्दा पुष्टि नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले जानकारी दिएका छन् । बिरामी रहेका ती व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *