बिर्तामोडमा चलचित्र पर्यापर्यटन सम्बन्धि एकदिने कार्यशाला सम्पन्न

झापा। हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेसमा भएको कार्यक्रम झापाका बिभिन्न पालिकाका झन्डै १ सय युवाहरुको सहभागीता थियो।

नेपाल सरकार, संचार तथा सूचना प्रबिधि मन्त्रालय, चलचित्र बिकाश बोर्डको बिशेष सहयोगमा श्रीभा सन्चार प्रा. लि र जनचेतना नेपालले शुक्रबार कार्यक्रम गरेका हुन।

EPIC EPIC EPIC EPIC EPIC

श्रीभा सन्चारका प्रबन्धक निर्देशक गोबिन्द कार्किoको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जनचेतना नेपालका केन्द्रिय अध्यक्ष बालकृष्ण निरौला, लगायत चलचित्र निर्देशक-निर्माता चिरञ्जीवी बस्नेत, लेखक निर्देशक बिश्वमणि घिमिरे समाजसेवी शेर बहादुर थापा,साना किसान बिकास बैकका ईलाका प्रमुख शुभाष गौतम,चन्द्र सूर्य युवा कल्बका अध्यक्ष मेदनि घिमिरे, युवा आवाजका अध्यक्ष सेवन्त पोखरेल,जनचेतना नेपालका कोशी प्रदेश संयोजक खेमराज अधिकारी लगायतको उपस्थिति थियो।





कार्यक्रममा प्रमूख अतिथि निरौला र बिषेश अतिथि शेर बहादुर थापाले आगामी दिनहरुमा चलचित्र सम्बन्धि प्रशिक्षण राख्नु पर्ने र उक्त कार्यको लागि जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताउनु भयो।

कार्यशालामा जनचेतना नेपालको निर्माण बालकृष्ण निरौलाको निर्देशन रहेको चलचित्र “यूवा उत्पेरणा” समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रमको संचालन जनचेतना नेपालका झापा जिल्ला संयोजक शिव कुमार मैनालीले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *