बिर्तामोडमा बस दुर्घटना– दुई जनाको मृत्यु, १३ जना घाइते

बिर्तामोड। झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

बिहीबार बिहान ९:३० बजे विराटनगरबाट काकडभिट्टा जाँदै गरेको सगरमाथा यातायातको प्र १-०१-००१ ख ४४५९ नम्बरको बस बिर्तामोड नगरपालिका–६, गिरिबन्धु टि–स्टेट अगाडि अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

प्रहरीका अनुसार दुर्घटना परेर सुनसरी, इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरीको मृत्यु भएको छ।

घाइते हुनेहरूमा इटहरी–११ का ३८ वर्षीय गुलशनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अंकिता शर्मा, ६ वर्षीया छोरी मनसुइ शर्मा र ३७ वर्षीया बिनु शर्मा छन्। मनसुइ र बिनुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, मोरङ, विराटनगर–२ का ४२ वर्षीय सहचालक सोमकुमार भुजेल, पाँचथर कुम्मायक–६ की २८ वर्षीया गंगा लिम्बू, झापा कमल–७ का ८ वर्षीय लोजिहाङ लावती, २३ वर्षीया सुहाना लिम्बू र ५ वर्षीय भतिजा मेङ्सो लिम्बू पनि घाइते भएका छन्।

घाइते अन्य यात्रुमा विराटनगर–१ की १७ वर्षीया अनुषा भट्टराई, ३६ वर्षीया मञ्जु खतिवडा, झापा दमक–१ की ६० वर्षीया राधिका खतिवडा र ताप्लेजुङ, फाक्तालुङ–१ का राकेश लिम्बू छन्। उनीहरूलाई हात, खुट्टा र अनुहारमा चोट लागेकाले सामान्य अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले तत्काल उद्धार गर्दै घाइतेहरूलाई बिएन्डसी अस्पताल पठाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *