बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर एक व्यक्ति गम्भीर घाइते

झापा। झापाको बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

बुधबार बिहानको राति अन्दाजी १ः३० बजे बिर्तामोड नगरपालिका वडा न.२ स्थित राम चौकमा ट्रान्समिटरसहितको बिजुलीको पोलमुनि भुइँमा तत्काल नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षका पुरुष घाइते अवस्थामा फेला परेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको गस्ती टोलीले उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरेको छ ।

उनको निधार र आँखाको डिलमा चोट लागेको छ भने शरीरको अन्य बिभिन्न भागमा जलेको छ ।

उनको अवस्था गम्भीर रहेको जनाइएको छ । उनको साथमा तार काट्ने ह्याक्सो ब्लेड, रेन्चहरू, प्लाष्टिकको बोरा र डोरी फेला परेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *