बिर्तामोडमा लागूऔषध दुर्व्यसनविरुद्धको एकदिवसीय सचेतना कार्यक्रम


बिर्तामोड, जेठ १० – बिर्तामोड नगरपालिका–१ स्थित आदर्शनगर टोल विकास संस्थाको वार्षिक कार्यतालिका अनुसार लागूऔषध दुर्व्यसनविरुद्धको एकदिवसीय सामुदायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम बिर्तामोड–१ को सभाहलमा आदर्शनगर टोल विकास संस्थाको आयोजनामा तथा चेतना नेपालको सहकार्यमा सम्पन्न भएको हो। संस्थाका अध्यक्ष नगेन्द्र बहादुर कार्कीको अध्यक्षता रहेको कार्यक्रममा वडाध्यक्ष अग्नि प्रसाद पाण्डे प्रमुख अतिथि रहनुभएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठन झापा जिल्लाका अध्यक्ष तथा पूर्व नायब उपरीक्षक अभिचन्द्र रिजाल, चेतना नेपालकी प्रशिक्षक कल्पना भट्टराई, तथा समाजका विभिन्न लब्धप्रतष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको औचित्यबारे पूर्व नायब उपरीक्षक रिजालले प्रकाश पार्नुहुँदै लागू औषध दुर्व्यसनले समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिनुभयो। प्रशिक्षक कल्पना भट्टराईले दुर्व्यसनका हानिकारक पक्ष, नियन्त्रणका उपायहरू तथा समुदायको भूमिकाबारे विस्तृत प्रशिक्षण दिनुभयो।

कार्यक्रमको सञ्चालन संस्थाकी सचिव शिला भट्टराईले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष निर्मला खड्काले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा स्थानियवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *