बिर्तामोड खानेपानीमा स्वतन्त्र प्रगतिशीलबाट देवेन्द्र सिटौलाको नेतृत्वमा उम्मेदवारी

img 20230520 wa0005

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागी नेकपा एमाले, नेकपा माओवादी र जसपाले संयुक्त रुपमा प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् ।
बिर्तामोडमा शनिबार अपरान्ह पत्रकार सम्मेलन गरेर सो समुहले उम्मेदवारी घोषणा गरेको हो।

EPIC

संस्थामा नयाँ नेतृत्व चयनका लागि यही जेठ १५ गते निर्वाचन हुन लागेको छ ।
निर्वाचन समितिले जेठ २ गते निर्वाचन कार्यक्रम सार्वजनिक गरी हिजो जेठ ५ गते मतदाता नामावली प्रकाशन गरेको छ भने जेठ ७ गते उम्मेदवारी मनोनयन दर्ताको तालिका छ।
उक्त निर्वाचनबाट ४ जना पदाधिकारीहरु र ५ जना सदस्यहरु चयन हुनेछन।

EPIC EPIC EPIC

स्वतन्त्र प्रगतिशील प्यानलबाट
अध्यक्ष : देवेन्द्र सिटौला
उपाध्यक्ष : प्रदिप खरेल
सचिव : बिष्णुप्रसाद चुडाल
कोषाध्यक्ष : बिनिता राजवंशी
खुला सदस्य : छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती
महिला सदस्य : तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुंगाना उम्मेदवार रहेको कार्यक्रममा जानकारी दिएका छन् ।
अध्यक्षका उम्मेदवार देवेन्द्र सिटौला नेपाली काङ्ग्रेस त्याग गरी प्रगतिशील समुहबाट उम्मेदवारी दिएका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *