बिर्तामोड चिल्ड्रेन अस्पतालमा दुर्लभ रोगबाट ग्रसित शिशुको सफल उपचार

झापा। झापाको अर्जुनधारा नगरपालिका–५ चाँदनी चोक निवासी दिपा गिरीका नौ महिनाकी छोरी अनुश्री गिरीलाई एक्कासि गम्भीर छारेको दौरा लागेपछि बिर्तामोड चिल्ड्रेन अस्पतालमा भर्ना गरिएको थियो ।

गत साउन २ गते बिहान ४ बजे अनुश्री अचानक अचेत जस्तै भइन्, शरीर लरबराउन थाल्यो, अनि छारे नरोकिएपछि परिवार आत्तियो । ‘नजिकैको क्लिनिकमा लगेँ, तर त्यहाँ पनि समस्या जटिल भएको थाहा पाएपछि चिकित्सकले तुरुन्त आईसियू भएको अस्पताल लैजान भने’, आमा दिपा गिरी सम्झन्छिन्, ‘त्यसपछि हामी बिर्तामोड चिल्ड्रेन अस्पताल आइपुग्यौँ ।’

EPIC EPIC EPIC EPIC EPIC

नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रुपक आर्चायका अनुसार अनुश्रीलाई सुपर रेफ्रेक्ट्री स्टाटस एपिलेप्टिकस नामक एक दुर्लभ र जटिल न्युरोलोजिकल अवस्था देखिएको थियो । यो रोग विश्वभर १० लाखमध्ये ४२ जनालाई मात्र लाग्ने अध्ययनहरूले देखाउँछन् । “२४ घण्टासम्म लगातार छारे आइरहनु जीवनका लागि खतरनाक अवस्था हो,” डा. आर्चायले बताए, “तर समयमै अस्पताल पु¥याएर भेन्टिलेटरको सहयोगमा निरन्तर निगरानी राख्दा यस्ता केस पनि ठीक हुन सक्छन् भन्ने उदाहरण बनेको छ अनुश्री ।”

प्रारम्भिक तीन डोजसम्मको औषधि प्रयोग गरे पनि अनुश्रीको छारे नरोकिएको चिकित्सकहरू बताउँछन् । यस्तो अवस्थामा उनलाई भेन्टिलेटरमा राखी, अनुभवी चिकित्सक र नर्सिङ टिमको निरन्तर प्रयासमार्फत उपचार गरिएको थियो । करिब पाँच दिनपछि अनुश्रीको छारे बिस्तारै कम हुन थाल्यो र केही दिनपछि उनलाई भेन्टिलेटरबाट हटाउन सकियो ।

डा. आर्चायका अनुसार यस्ता जटिल अवस्थामा बालबालिकाको ज्यान जाने सम्भावना उच्च हुन्छ, तर समयमै उपचार गरिएमा अन्य शारीरिक कमजोरी र दीर्घकालीन असरहरू न्यूनीकरण गर्न सकिन्छ ।

‘आज अनुश्री खाने, बोल्ने, खेल्ने भएकी छिन्’, डा. आर्चायले खुसी साट्दै भने, ‘सोमबार डिस्चार्ज गर्दा हामी सबैको अनुहारमा मुस्कान थियो ।’

नर्सिङ इन्चार्ज गोमा सिटौलाले सफल उपचारको श्रेय चिकित्सक, नर्सिङ टिम र अभिभावकबीचको विश्वास र सहकार्यलाई दिइन् । “२४ सै घण्टा चिकित्सकको निगरानी हुने र परिवारजनसँग सघन समन्वय हुने भएकाले उपचार सफल भएको हो,” उनले भनिन् ।

बिर्तामोड चिल्ड्रेन अस्पताल पछिल्लो समय पूर्वी नेपालमा बालरोग उपचारका लागि भरपर्दो केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । अनुश्रीको सफल उपचारले यो अस्पतालले बालरोग उपचारमा नयाँ विश्वास सिर्जना गरेको देखिन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *