झापा, ३० असोज । बिर्तामोड नगरपालिका कार्यालय कार्तिक ६ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।
बिर्तामोड नगरपालिकाभित्र गरिने कोभिड १९ रोकथाम नियन्त्रण तथा उपचार समेतलाई मध्यनजर गर्दै बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकले यस्तो निर्णय गरेको नगर प्रमुख ध्रुबकुमार शिवाकोटीले बताए ।