बिहार निर्वाचनका कारण तीन दिनका लागि नेपाल–भारत सीमा नाका बन्द

भद्रपुर। भारतको बिहार राज्यमा हुन लागेको विधान सभा निर्वाचनका कारण झापा सहितका नेपाल–भारत सीमा नाका आज (शनिबार) साँझ ६ बजेदेखि मङ्गलवार साँझ ६ बजेसम्म बन्द गरिने भएका छन्।

जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको सूचनाअनुसार भारतीय पक्षको अनुरोधअनुसार आगामी नोभेम्बर ११ (वि.सं. २०८२ कार्तिक २५ गते) हुने निर्वाचनका क्रममा शान्ति–सुरक्षा सुदृढीकरणका लागि सीमा नाका अस्थायी रूपमा बन्द गर्न लागिएको हो।

EPIC EPIC EPIC

झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार सीमा नाका बन्द रहने अवधिमा मानवीय र आकस्मिक सेवाबाहेक मानिस तथा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *