Search
Close this search box.
Search
Close this search box.

बीएण्डसी अस्पतालमा साउन १ गतेबाट स्वास्थ्य बीमा लागू हुने

बिर्तामोड। बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।

आज बीएण्डसी हस्पिटलले पत्रकार सम्मेलनकाे आयोजना गरेर साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएकाे हाे ।

EPIC

हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने बताए ।

विरामीहरूले स्वास्थ्य बीमा सेवा लिन आउँदा सम्बन्धित स्थानीय तहकाे स्वास्थ्य केन्द्रबाट सिफारिस समेत ल्याउनु पर्ने उनकाे भनाई छ ।

´सरकारकाे कार्यविधि र मापदण्ड पूरा गरेका छाैँ, गिरीले भने-´नियम अनुसार २० प्रतिशत लाग्ने दस्तुर लिएर बीमाबाट पाइने औँषधि पाइनेछ ।`

उनका अनुसार विरामीकाे उपचारमा गुणस्तरीय र झन्झटरहित सेवा दिने पहिलाे प्राथमिकता रहने छ ।

हस्पिटलले १० वटा काउन्टरबाट उक्त सेवा प्रदान गरिने बताएको छ ।

यसअघि हस्पिटलले हेड स्पाइनल इन्जुरी र विपन्नता भएका व्यक्तिहरूलाई क्यान्सरमा एक लाख रूपैयाँ नि:शुल्क सेवा प्रदान गरिरहेकाे छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका प्रमुख डा. विरेन्द्रकुमार यादवले नेपालका जुनसुकै हस्पिटलमा हुन सक्ने सेवा यहाँ पनि हुने बताए ।

प्रबिधिमैत्री उपकरणसहित गुणस्तरीय सेवा दिदै आएको बीएण्डसी हस्पिटलमा २४ सै घण्टा इमरजेन्सी सेवासहित न्यूरोलोजी, अर्थोपेडिक्स, फिजिसियन, सर्जरी, स्त्रीरोग, बालरोग, मुटुरोग, मानसिक रोग, चर्मरोग लगायतका सेवाहरु रहेका छन् ।

त्यस्तै मेडुलर अपरेशन थिएटर, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउण्ड, क्याथल्याब, उच्चस्तरीय प्याथोलोजी परिक्षण सेवा दिदै आएको हस्पिटलमा जटिल प्रकारका सर्जरी हुँदै आएको छ ।

पत्रकार सम्मेलनमा हस्पिटलका निर्देशक अन्जली प्रसाईं कार्की, प्रिन्सिपल डा. उमेशकुमार शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *