बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसमा पहिरोको ढुंगाले लाग्दा चालकको मृत्यु भएको छ ।
राति करिब तीन बजे नारायणगढ–मुगलीङ सडकखण्डमा पर्ने चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट लेदोसहित आएको पहिरोको ढुंगाले लागेर चालक ३६ वर्षीय मेघनाथ विक गम्भीर घाइने भएका थिए । उपचारका लागि भरतपुर लगिए पनि उपचारकै क्रममा उनका मृत्यु भएको थियो ।
बस घटनास्थलमै रहेको र यात्रुहरुलाई केही भएको नभएको जनाइएको छ । पहिरोका कारण एकतर्फी बाटो बन्द भएको उक्त स्थानमा उद्धार तथा बाटो खुलाउन सशस्त्र प्रहरी बलको नं. १७ गण चितवनबाट २० जना र अन्य सुरक्षा निकाय परिचालन भएका छन् । बाटो खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।



















