Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा ´विपन्न शिक्षा कार्यक्रम´सञ्चालनका लागि कटुवालद्वारा एक लाख ११ हजार सहयोग

बुद्धशन्ति । झापा बुद्धशन्तिका युवा व्यवसायी चन्द्र कटुवाल तथा उनको परिवारले बुद्धशान्तिमा बिपन्न शिक्षा कार्यक्रमको कोष स्थापनाका एक लाख ११ हजार प्रदान गर्ने भएका छन् ।

नेपाली कांग्रेस बुद्धशान्ति वडा नं ३ को व्यवस्थापनमा संचालित बिपन्न शिक्षा कार्यक्रमले बुद्धशान्ति वडा नं ३ का आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरूलाई माध्यमिक तह सम्म निःशुल्क शिक्षा प्रदान गर्ने साथै ती परिवारको आर्थिक अवस्था सुदृढ गर्न साना उद्यम गर्नका लागि बिना व्याज ऋण उपलब्ध गराउने वडा सभापति समेत रहेका कटुवालले जनाएका छन् ।

EPIC EPIC EPIC

कटुवालले यस अघि पनि आगलागीमा प्रभावित एक बालकलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएका छन् । ह्याप्पी ल्याण्ड बोर्डिङ स्कूलमा कक्षा ३ मा अध्ययनरत ती बालकलाई कटुवालले विगत ३ वर्ष देखि स्कूल शुल्क देखि बाहेक सम्पूर्ण खर्च प्रदान गर्दै आएका छन् भने सो छात्रवृत्ति ती बालकले माध्यमिक शिक्षा पूरा गरे सम्म प्रदान गरिने जानकारी दिए ।

विपन्न शिक्षा कार्यक्रम कुनै पार्टी विषेशको मात्रै कार्यक्रम नभएको र यो एउटा सामाजिक अभियान रहेको बताउँदै कटुवालले यस कार्यक्रम अन्र्तगत प्रदान गरिने छात्रवृत्तिमा राजनितिक आस्थाकै आधारमा कसैलाई भेदभाव नगरिने बताएका छन् र यस अभियानका सम्पूर्ण बुद्धशान्ति ३ बासीलाई सहभागी हुन आवहान समेत गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *