बुद्धशान्ति – झापामा शनिबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारीमा थप ३७ महिला र ३५ पुरुषमा कोरोना भेटिएको हो ।
संक्रमितहरुमा भद्रपुरमा २४ जना, बिर्तामोडमा १३ जना, अर्जुनधारामा ८ जना, मेचीनगर र कन्काईमा ७,७ जना रहेका छन् ।
त्यस्तै गौरादहमा ४ जना, बुद्धशान्तिमा ३ जना र हल्दिबारीमा २ जना रहेका छन् । गौरीगञ्ज, कचनकबल र बाह्रदशीमा १,१ जना संक्रमण पुष्टि भएको हो ।
थप ७२ मा संक्रमण हुँदा झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१० पुगेको छ ।