बुद्धशान्तिका युवाहरुको गर्व: अनेरास्ववियुका केन्द्रिय उम्मेदवार बने रोशन भट्टराई र नितु थापा मगर

बुद्धशान्ति, झापा – अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन), नेकपा एमाले निकट विद्यार्थी संगठनको आसन्न निर्वाचनमा बुद्धशान्तिबाट दुई होनहार युवा नेताहरूले केन्द्रिय तहमा उम्मेदवारी दिँदै विद्यार्थी आन्दोलनमा नयाँ ऊर्जा भरिदिएका छन्।

विश्वविद्यालय (खुल्ला) समूहबाट केन्द्रिय सचिवालय सदस्य पदका लागि ई. रोशन भट्टराई उम्मेदवार बनेका छन्। विद्यार्थी आन्दोलनमा निरन्तर सक्रिय रहेका भट्टराईको उम्मेदवारीले संगठनभित्र उत्साह थपिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै, नितु थापा मगरले नीति, योजना तथा अनुसन्धान आयोग सदस्य (महिला) पदमा उम्मेदवारी दिएकी छन्। उनले सबै कमरेडहरूलाई सम्बोधन गर्दै भावुक अपिल गरेकी छन्: मैले उम्मेदवारी दिएको जिम्मेवारी प्राप्त गरेमा हजुरहरूको सल्लाह, सुझाव र सहयोग अनुसार कार्य गर्ने छु। अधिकार क्षेत्रभित्र रहेर जिम्मेवारी बहन गर्नेछु। हजुरहरूको अमूल्य साथ र समर्थन बिना यो यात्रा कठिन हुनेछ। त्यसैले सम्पूर्ण आदरणीय कमरेडहरूलाई मेरो हार्दिक अपेक्षा छ।

यी उम्मेदवारहरू संगठनमा लोकप्रिय, जिम्मेवार नेताका रूपमा परिचित छन्। लामो समयदेखि विद्यार्थी आन्दोलनमा क्रियाशील रहेका यी उम्मेदवारहरूले संगठनलाई सशक्त बनाउने विश्वास गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *