Search
Close this search box.
Search
Close this search box.

” बुद्धशान्तिका लागि हामी “द्वारा स्वास्थ्य इकाईमा स्वास्थ्य सामग्री वितरण

बुधबारे,जेष्ठ १९। कोरोना कहरको दोस्रो लहरको प्रभाव बढे संगै झापाको बुद्धशान्ति गाउपालिकामा आइपर्ने स्वास्थ्य समस्या संग लड्न स्थानीय तह,स्वास्थ शाखा संग सहकार्य गरेर गठित कोभिड स्वास्थ्य राहत संकलन तथा सहयोग समिति ” बुद्धशान्तिका लागि हामी ” ले बुधबार बुद्धशान्तिका ६ वटा वडाका स्वास्थ्य इकाईहरुमा स्वास्थ्य सामग्री वितरण गरेको छ।

वडा न: ३ र इलाका प्रहरी कार्यालय बुद्धशान्ति लाई भने बिहीवार स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको समितिले जानकारी दिएको छ।केही दिन अघि यहि समितिले बुद्धशान्ति आइसोलेसन लाई ७२ हजार बराबरको बिरामी राख्ने फोल्डिङ बेड सहतिको स्वास्थ्य सामग्री वितरण गरेको थियो।

EPIC EPIC EPIC

समितिका सदस्य तथा नेपाल सहित विभिन्न मुलुकमा रहेका दाताहरुको आर्थिक सहयोग बाट संकलित रकम बाट बुद्धशान्तिको स्वस्थ्य क्षेत्रमा कोभिड समयमा आइपर्ने जस्तोसुकै समस्यामा हातेमालो गरि सो विरुद्ध लड्ने उदेश्य राखेर यस् समितिले कार्य गरिरहेको छ।वडाका स्वास्थ्य इकाई सहित सुरक्षा क्षेत्रमा निरन्तर सक्रिय सशस्त्र क्याम्प टिमाइ लाई पनि २० थान एन -९५ मास्क तथा प्रत्येक स्वास्थ्य इकाईलाई १०० थान सर्जिकल मास्क,१०० थान ग्लोब्स ,१ थान अक्सिमिटर र पाँच लिटर सेनिटाइजर वितरण गरेको समितिले जनाएको छ।वाड अध्यक्षहरु संग परामर्श एवम् सुझाव लिएरको आधारमा अब केही दिन भित्रै तेस्रो चरणको कार्यक्रम लिएर आउने समितिका संयोजक चन्द्र प्रसाद उप्रेतीले जानकारी दिएका छन् ।

वाडमा रहेका समस्या एवम् आवश्यकता बारे जानकारी लिएका छौं र अब अति बिपन्न संक्रमितको घर आगन मै गएर स्वास्थ्य परामर्श ,पौस्टिक आहार वितरण तथा आवश्यकता अनुसार वाड संग को सहकार्य मा विभिन्न स्वास्थ्य राहतका कार्यक्रम गर्ने छौँ, उप्रेतीले भने ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *