बुद्धशान्ति – कोभिड को दोस्रो लहरको प्रभाव संगै झापाको बुद्धशान्ति गाउपालिकामा आइपर्ने स्वास्थ्य समस्या संग लड्न स्थानीय तह,स्वास्थ शाखा संग सहकार्य गरेर गठित कोभिड स्वास्थ्य राहत संकलन तथा सहयोग समिति ” बुद्धशान्तिका लागि हामी ” ले आइतबार झापा बुद्धशान्ति गाउपालिकाका ६ वटा वडाका स्वास्थ्य इकाईहरुमा बिरामी राख्ने फोल्डिङ बेड,स्लाइन स्टेण्ड,मेट्रेस तथा वाड न-४ का अति विपन्न कोरोना संक्रमित भएका १० परिवार तथा वाड न:६ का एक ब्यक्ति गरि ११ जना अति विपन्न संक्रमित ब्यक्ति तथा परिवारलाई राहत समेत वितरण गरेको छ।
केही दिन अघि यहि समितिले बुद्धशान्ति आइसोलेसन लाई ७२ हजार बराबरको बिरामी राख्ने फोल्डिङ बेड सहतिको स्वास्थ्य सामग्री पहिलो चरणमा तथा ६ ओटै वाडका स्वास्थ्य इकाई ,इलाका प्रहरी बुद्धशान्ति र सशस्त्र क्याम्प टिमाइ लाई मास्क,सेनिटाइजर,ग्लोब्स,अक्सिमिटर लगायत स्वास्थ्य सामाग्री वितरण गरेको थियो।
समितिका सदस्य तथा नेपाल सहित विभिन्न मुलुकमा रहेका दाताहरुको आर्थिक सहयोग बाट संकलित रकम बाट बुद्धशान्तिको स्वस्थ्य क्षेत्रमा कोभिड समयमा आइपर्ने जस्तोसुकै समस्यामा हातेमालो गरि सो विरुद्ध लड्ने उदेश्य राखेर यस् समितिले कार्य गरिरहेको छ।
तेस्रो चरणको कार्यक्रम अन्तर्गत प्रत्येक स्वास्थ्य इकाइमा फोल्डिङ बेड,मेट्रेस,स्लाइन स्टेण्ड,मास्क तथा अति विपन्न संक्रमित परिवारलाई वाड अध्यक्षको समन्वयमा प्रति परिवार २० केजी चामल,२ केजी दाल,२ केजी चना,२ लिटर खाने तेल र एक बट्टा पौस्टिक तत्व डाबर चवन प्रास बितरण गरेको अभियानका संयोजक चन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।
वडा न:४ को कार्यक्रममा उपस्थित हुने क्रममा बुद्धशान्ति गाउपालिका उपाध्यक्ष मीरा भुर्तेलले यो अभियानले गाउँपालिका लाई ठूलो टेवा पुगेको बताउँदै आगामी दिनमा गाउपालिका र यहाका जनता लाई अभियान समितिको आवश्यकता पर्ने जानकारी दिइन।सम्पुर्ण वाड अध्यक्ष एवम् स्वास्थ्य इकाइ प्रमुखहरुले यो अभियानको मुक्तकण्डले प्रसंसा गर्दै वाडवासीमा महत्त्वपूर्ण भुमिका अभियानले खेलेको जानकारी गराए।अब केही दिन भित्रै चौथो चरणको कार्यक्रम लिएर पुन: सम्पुर्ण वाड पुग्ने कार्यक्रम रहेको संयोजक उप्रेतीले जानकारी गराए।