Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिकी महिला पाँचथरमा मृत भेटिइन्

झापा। झापाको बुद्वशान्तिकी एक महिला पाँचथरमा मृत भेटिएकी छन् । अ भिषेक बिककी श्रीमती इन्दिरा नेपाली पाँचथरको फिदिम नगरपालिका-४ स्थित गढीमा मृत अवस्थामा भेटिएकी हुन् ।

आहालगैरीदेखि क्याम्पसमोड जाने बाटोमा नवनिर्मित रिञ्जी शेर्पाको घर अगाडि बाटोको भित्तामा शव भेटिएको प्रहरीले जनाएको छ ।

EPIC

सडक छेउको डिलदेखि झर्दा नेपालीको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *