बुद्धशान्ति । बुद्धशान्ति गाँउपालिकाको ‘कोभीड १९ नियन्त्रण तथा व्यवस्थापन खर्च’ महालेखा परिक्षणको कार्यालयले सार्वजनिक गरेको छ।आ.ब. २०७६।०७७ को महालेखा परिक्षण प्रतिवेदनमा कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा कुल १ करोड ३ लाख १९ हजार खर्च भएको उल्लेख छ ।
यता बुद्धशान्ति गाँउपालिकाले भने व्यक्ति र संस्थाबाट प्राप्त सहयोग बिवरण बाहेकका कुनैपनि आर्थिक विवरण सार्वजनिक गरेको छैन।
प्रतिवेदन अनुसार गाउपालिकाले कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनका लागि कुल १ करोड २२ लाख ५० हजार प्राप्त गरेकोमा १ करोड ३ लाख १९ हजार खर्च गरी १९ लाख ३२ हजार मौज्दात रहेको उल्लेख गरेको छ।
यस बाहेक गाउँपालिकाको चालु खर्चबाट पनि कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनका खर्च भएको पाइएको छ । चालु खर्चबाट खर्च गरीएको जम्मा ५ लाख १४ हजार ९९ रुपैया बेरुजु रकम रहेको समेत महालेखा परिक्षणको प्रतिवेदनले उल्लेख गरेको छ।
One Response
कोरोना विरुद्धको खोप आजसम्म लगाउन पाएया छैन मैले