बुद्धशान्तिको गोपाल डाँडामा ‘सहयोगी मनहरू’द्वारा ४० विपन्नलाई झुल वितरण

झापा – ‘सहयोगी मनहरू’ नामक सामाजिक संस्थाले बुद्धशान्ति गाउँपालिका-२, गोपाल डाँडामा ४० जना विपन्न, बिरामी तथा सुत्केरीहरूलाई लक्षित गरी झुल वितरण गरेको छ।

संस्थाले यसअघि पनि बुद्धशान्तिमा विभिन्न सहयोगका कार्यक्रमहरू गर्दै आएको थियो। सरस्वती आधारभूत विद्यालयमा शनिबार सम्पन्न झुल वितरण कार्यक्रममा बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धिरेन्द्र यादव प्रमुख अतिथि, र नेकपा एमालेका नेता टीका पाठक विशिष्ट अतिथि रहेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

उनीहरूले झुल वितरण गर्दै पाएको झुलको सदुपयोग गर्न आग्रह गरे।

कार्यक्रमका वक्ताहरूले गर्मीका मौसममा लामखुट्टेको प्रकोप ज्यादा हुने भएकाले सुत्दा झुल प्रयोग गर्न चेतना दिने हिसाबले प्रतिकात्मक रूपमा झुल वितरण गरिएको बताए।

सहयोगी मनहरूका झापा अध्यक्ष भीम आचार्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु उप्रेतीले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *