बुद्धशान्तिको पाँचपोखरी सामुदायिक वनमा वयस्क जङ्गली हात्ती मृत फेला

झापा — झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा एक वयस्क जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ।

अन्दाजी ५५ वर्षको रहेको मकुना प्रजातिको उक्त हात्तीलाई स्थानीयवासीले बुधबार बिहान जङ्गलभित्र मृत देखेपछि डिभिजन वन कार्यालयलाई जानकारी दिएका थिए। डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार हात्ती विगतदेखि नै बिरामी रहेको र चारपटकसम्म पशु चिकित्सक ल्याएर उपचार गरिएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

“हात्ती पहिल्यैदेखि बिरामी थियो,” श्रेष्ठले भने, “प्रकृति संरक्षण कोषको समन्वयमा उपचार गरियो, तर ज्यान जोगाउन सकिएन।”

बिरामी हुँदा चरनमा जान नसक्ने भएपछि मेचीनगरका युवाहरूको संस्था रेपिड रेस्पोन्स टिम (आरआरटी) ले बन्दाकोभी, फूलकोभी, तरुललगायतका खाना जङ्गलमै लगेर खुवाउँदै आएको थियो।

वन्यजन्तु संरक्षण अभियन्ता शङ्कर लुइँटेलका अनुसार मृत हात्ती स्थानीय रैथाने प्रजातिको हो र ‘घुमन्ते गज’ भनेर नामकरण गरिएको थियो। लुइँटेलका अनुसार झापाको जङ्गल क्षेत्रमा पाइने रैथाने हात्तीहरूको पहिचान र स्वभावका आधारमा नाम दिइँदै आएको छ।

घटनापछि कोशीटप्पु वन्यजन्तु आरक्षबाट प्राविधिक टोली पोस्टमार्टमका लागि घटनास्थलमा पुगेको छ। हात्तीको शव आजै खाल्डो खनेर गाडिने वन कार्यालयले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *