Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिको पाथीभरा ब्लकमा काम गर्ने श्रमिकको हत्या, आरोपित पुरकोटी पक्राउ

झापामा एकजना श्रमिकको हत्या गरिएको छ । बुद्धशान्ति गाउँपालिका- ३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर जिल्ला नागी गाउँपालिका- २ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङकाे हत्या गरिएको प्रहरीले जनाएको छ । सेनेहाङलाई झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले कुटपिट गरी हत्या गरेका हुन् । शुक्रबार साँझ ७ः५० बजेको समयमा पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरेका थिए । घाइते भएका उनलाई

उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकाे थियोे । अवस्था गम्भीर भई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा शनिबार बिहान ५ः१३ बजे उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । कुटपिट गर्ने पुरकोटीलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएकाे उनले बताए ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *