बुद्धशान्तिको बुद्ध आदर्श माविमा शिक्षकले विद्यार्थीलाई रबरको पाइपले कुटेपछि…

विद्यार्थीको शरीरमा नीलडाम र कुट्ने विवेश भण्डारी। तस्वीर:सूर्योदय

झापा । झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका कक्षा ७ का केही विद्यार्थीलाई डिस्सिप्लिन इन्चार्जले मरणासन्न हुने गरी कुटेका छन्।

विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले विवेश भण्डारीलाई डिस्सिप्लिन इन्चार्ज (डिआइ) राखेको हो।

EPIC EPIC EPIC

कुटाइ खाने विद्यार्थीका अनुसार भण्डारीले करिब १५ जना विद्यार्थी कुटेका हुन्। रबरको पाइप छिया-छिया हुने गरी उनले विद्यार्थीको शरीरमा प्रहार गरेको विद्यार्थीहरू बताउँछन्।

कक्षामा हल्ला गरेको सामान्य कारणमा आवेशमा आएर भण्डारीले विद्यार्थीमाथि प्रहार गरेको अभिभावकहरूले बताएका छन्। कुटाइ खाने एक विद्यार्थी अहिले बुधबारे सिटी हस्पिटलमा उपचाररत् छन्।

कुटाइ खाने विद्यार्थीकी आमा लीला विश्वकर्माले विद्यार्थीमाथि प्रहार गर्ने भण्डारीलाई सख्त कारबाहीको माग गरेकी छिन्।

उनले भनिन्, ‘हाम्रा बच्चाले बदमासी गरेको भए हामीलाई किन थाहा दिइएन? हाम्रा बच्चा यसरी कुट्ने अधिकार कस्ले दियो?’

विद्यार्थी कुटने डिस्सिप्लिन इन्चार्ज अहिले सम्पर्कबिहीन भएका छन्। उनको मोबाइल फोन अफ छ। भण्डारीको घरमा सम्पर्क गर्दा उनी घरमा पनि नरहेको भन्ने बुझिएको विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले बताए।

प्रधानाध्यापक भण्डारीले डिस्सिप्लिन इन्चार्जलाई विद्यार्थीलाई भौतिक सजाय दिन पाइँदैन भनेर पटक/पटक सम्झाएको बताए।

उनले भने, ‘उनलाई निष्कासन गर्ने विषयमा छलफल गर्दैछौं।’

आइतबार दिउँसो कुटाइ खाएपछि केही विद्यार्थी घरमा गएर अचानक सुतेको देखेर अभिभावकले सोधीखोजी गरेका थिए। केही विद्यार्थीलाई अचानक ज्वरो आएपछि अभिभावक आत्तिएका थिए।

विद्यार्थीले कुटाइ खाएको कुरा अभिभावकलाई बताएपछि अभिभावकहरू आइतबार राति नै इलाका प्रहरी कार्यालय बुधबारेमा भेला भएर विद्यार्थी कुट्ने भण्डारीमाथि कानूनी कारबाहीका लागि दबाब दिएका थिए।

सोही विषयमा अहिले बिहान इलाका प्रहरी कार्यालय बुधबारेमा सर्वपक्षीय छलफल बोलाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
4
+1
0
+1
5
+1
1
+1
7
+1
2
+1
17
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

4 Responses

  1. यस्ता शिक्षक लाई पहिलो पटक भए सचेत गराउने पटक पटक हो भने तुरुन्तै बर्खास्त गर्नु पर्छ । पढ्न गएका हुन् बालबालिका कुटाई कहाँ हैन ।

  2. bhandari sir lai karbahi garne haina afna chora chhori lai karbahi garau hami gar ma 2 jana chora chhori lai sahi thagan lagauna nasakne bichhara 400 /500 students lai tarsaudai k ko karbahi galat galat avibabak haru ho uha jasto teachers haru lai sath dinu parx puna bichar gariyosh niskasn hain promotion garnu parx

Leave a Reply

Your email address will not be published. Required fields are marked *