बुधबारे- इलाका प्रहरी कार्यलय बुधबारेले लागु पदार्थ सेवन गर्दै गरेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ।
बुद्धशान्ति स्थित एक घरभित्र लागुपदार्थ सेवन गर्दै गरेको खबर प्राप्त गरेपछि प्रहरीले छापा मारेको हो।
पक्राउ परेका चारैजनाका अभिभावक,वडा नम्बर ४का वडाध्यक्ष शेरवहादुर राय एवं स्थानीयको उपस्थितिमा सचेत गराई सुधार केन्द्र पठाइएको इलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख खड्गबहादुर गिरीले जानकारी दिएका छन्।
नेपाल प्रहरीको लागुपदार्थ सेवन कर्ताहरुलाई भेला जम्मा पारी लागु औषध नियन्त्रण गर्ने देशव्यापी अभियान I Can कार्यक्रम अनुरुप उनिहरुलाई सुधारकेन्द्र पठाईएको समेत गिरीले जानकारी दिए।



















