
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबार साँझ ६ः१५ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति–४ बाट इलामबाट झापातर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यू को बोराले छोपेर औषधि ल्याउँदै गरेको अवस्थामा निम्न किसिमको अवैध औषधीहरु ल्याउदै गरेको अवस्थामा रू ६९ लाख ७७ हजार ९४४ बराबरको ११ प्रकारका औषधि बरामद भएको हो । राई गाडी चालक हुन् ।
बरामद औषधि र पिकअप गाडीको मूल्य रू आठ लाख मूल्यांकन गरी थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगर पठाइने मोरङ पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।



















