बुद्धशान्तिमा एआई जडित एक्स–रे मेसिनद्वारा क्षयरोग परीक्षण गरिने

बुद्धशान्ति। कोशी प्रदेशमा क्षयरोगका संक्रमित पत्ता लगाउन कृत्रिम वौद्धिकता (एआई) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोगमा ल्याइएको छ । यही प्रविधिबाट क्षयरोगका विरामी पत्ता लागिरहेका छन् । कोशी प्रादेशिक स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन तुलसीप्रसाद गुरागाईका अनुसार प्रदेशका १० वटा जिल्लामा निःशुल्क स्वास्थ्य शिविरमार्फत एक हजार व्यक्तिको एआई जडित प्रविधिबाट एक्स–रे गर्दा क्षयरोगका एक सय जना नयाँ संक्रमित पत्ता लागेको बताएका छन् ।


स्वास्थ्य मन्त्रालयले सातै प्रदेशलाई एआई जडित अत्याधुनिक एक्स–रे मेसिन उपलब्ध गराएको र त्यही मेसिन आलोपालो पालिकाहरुमा पुर्याएर क्षयरोगीको खोज पड्ताल भइरहेको उनले बताए । सरकारले मुलुकलाई क्षयरोग मुक्त बनाउने अभियान अन्तर्गत पुराना बिरामीको उपचार र नयाँ संक्रमित पत्ता लगाउने कार्यमा जोड दिएको छ । वडास्तरमा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा ६० बर्षमाथिका सबैको एआई जडित एक्स–रे मेसिनबाट क्षयरोगको जाँच गरिरहेकोे उनले बताए ।

EPIC EPIC EPIC EPIC EPIC


शिविरमा क्षयरोगका विरामी रहेका घरका १५ बर्षमाथिका सबै र रुखा खोकीलगायतका समस्या भएका विरामीहरुको अनिवार्य परीक्षण गरिन्छ । एआई जडित एक्स–रे मेसिन प्रयोग गर्न कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले दुई जना दक्ष प्राविधिक रेडियोलोजिस्टलाई मेसिनसँगै पालिकाहरुमा पठाउने गरेको छ ।


एआई जडित एक्स–रेबाट परीक्षण गर्दा रोग भए प्रष्ट देखाउने र हुने सम्भावना (शंकास्पद संक्रमित) समेत देखाउने भएकाले यो प्रविधि उपयोगी रहेको बताइएको छ । मेसिनले एक दिनमा औसत तीन सय जनाको चेक जाँच गर्न सकिन्छ । परीक्षण गर्दा फेला परेका नयाँ संक्रमितलाई शिविरमै चिकित्सकले औषधि दिने र शंकास्पद संक्रमित फेला परेमा खकार परीक्षणका लागि अस्पताल पठाइदिने गरिएको छ ।


यता झापाको बुद्धशान्ति गाउँपालिकामा पनि यही प्रविधिले क्षयरोग खोज पड्तालका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । शिविरमा एआई जडित एक्स–रे मेसिन प्रयोग हुने बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्रकुमार यादवले बताएका छन् । शिविर २२ गते देखि २४ गते सम्म बुद्धशान्तिको सट्टा भर्ना, भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल र जयपुरमा हुने जनाइएको छ ।


बुद्धशान्ति गाउँपालिका पनि क्षयरोग संक्रमितको संख्या यो आ.वमा ५० जना रहेको र अझ बढ्न सक्ने जोखिम रहेकाले यो शिविरको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख यादवको भनाई छ । तीन दिने शिविरमा करिव ८ सय जना नागरिकले सेवा लिने अपेक्षा गरिएको छ । यस अघि जिल्लाको मेचीनगर, झापा, कचनकवल, दमक र गौरादह पालिकामा शिविर सम्पन्न गरिसकेको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *