Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा एचपिभी खोप अभियानसम्बन्धी समन्वय बैठक सम्पन्न

बुधबारे।

बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज एच.पि.भी. खोप अभियान २०८१ अन्तर्गत पालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा बहस-पैरवीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

EPIC EPIC EPIC

गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले गर्नुभयो। कार्यक्रममा उपाध्यक्ष भवानी खतिवडा, शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौला, स्वास्थ्य शाखा प्रमुख धिरेन यादव, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, स्वास्थ्यकर्मी, पदाधिकारी, र पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यादवले महिलामा हुने पाठेघरको क्यान्सरका लक्षण, उपचार विधि तथा रोकथामबारे जानकारी दिनुभयो। उहाँले १० देखि १२ वर्ष उमेर समूहका बालिकाहरूलाई एच.पि.भी. खोप लगाउन आग्रह गर्दै यो खोपले पाठेघरको क्यान्सर रोकथाममा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य केन्द्र बुद्धशान्ति–१ का प्रमुख तथा जनस्वास्थ्य निरीक्षक अनुराधा गौतमले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा खोप अभियानको सफल कार्यान्वयनका लागि सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रमले पालिकाभित्र एच.पि.भी. खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवालाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *