बुधबारे। यतिबेला स्थानीय तह निर्वाचनयम भएको छ । निर्वाचनमा सहभागी विभिन्न दलहरु मतदाता आकर्षित गर्न घरदैलोमा व्यस्त छन् । जनताको पीरमर्का, स्थानीय समस्या सुन्दै र त्यसको समाधान गर्ने बाचासहित उनीहरु मतदाता आकर्षण गर्न व्यस्त भएका हुन् ।
झापाको बुद्धशान्तिमा गठबन्धनले घरदैलो कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । यतिबेला अध्यक्ष, उपाध्यक्ष साथै ७ वटै वडाका उम्मेदवार घरदैलोमा व्यस्त छन् ।


नेपाली काँग्रेस र माओवादीकेन्द्र गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षमा मनोज प्रसाईं र उपाध्यक्षमा खड्ग तिम्सिना पवन उम्मेदवार हुन् । उनीहरु यतिवेला घर–घर र टोल–टोलमा चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।





















