बुद्धशान्तिमा गोठमा आगलागी हुँदा चार लाख बराबरको क्षति

झापा। झापाको बुद्धशान्ति गाउँपालिका २ प्रगतिटोलमा आज बिहान आगलागी भएको छ। बिहान करिब ३:४० बजेको समयमा स्थानीय प्रेम प्रसाद कार्कीको घर नजिक रहेको काठ र टिनले बनेको गाईगोठमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन।

स्थानीयवासी र घरपरिवारको सहयोगमा करिब बिहान ५:३० बजे आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC

आगलागीबाट गोठ, पराल, काठ, र गोठमा भण्डारण गरिएको करिब ३० मन मकै जलेर नष्ट भएका छन्। साथै गोठमा रहेको एक गाई आंशिक रूपमा जलेर घाइते भएको छ।
उक्त घटनाबाट करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *