बुद्धशान्तिमा घाइते हात्तीलाई डार्टिङ गरी उपचार

झापा। डिभिजन वन कार्यालय झापाको समन्वयमा बुद्धशान्तिमा रोगी अवस्थामा फेला परेको जङगली हात्तीको पशु चिकित्सकले जङ्गलमा नै उपचार गरेका छन् ।

बुद्धशान्ति गाउँपालिका ५ स्थित पाँचपोखरी सामुदायिक वन क्षेत्रमा रोगी अवस्थामा फेला परेको हात्तीको शुक्रबार सफल उपचार गरिएको मेची सब डिभिजन वन कार्यालय धाइजनका वन अधिकृत सुरज निरौलाले जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का बिज्ञ चिकित्सहरुको प्राविधिक टोलीले घाइते हात्तीको जंगलमै उपचार गरेर छाडेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज भेटनरी अस्पतालका डाक्टर अमिर सडौला तथा राष्ट्रिय पकृति संरक्षण कोष कोशीटप्पुका पुरुषोत्तम मुडोबरीको नेतृत्वमा आएको प्राविधिक विज्ञ टोली , डिभिजन वन कार्यालयका सोनाम भाल सहितको टोलीले घाइते हात्तीलाई डार्टिङ गरी सफल उपचार गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए ।

घाइते हात्तीको पछाडिको दाहिने खुट्टा र पुच्छरको फेदमा घाउ देखिएको मेचि सव डिभिजन वन कार्यालयका साहयक वन अधिकृत डिल्लीराम खरेलले जानकारी दिए ।

रोगी हात्तीको उपचारमा पाँचपोखरी सामुदायिक सहित अन्य वनका पदाधिकारी, आरआरटी , सामुदायिक वन महासंघको टोली, स्थानीय, डिभिजन तथा सव डिभिजन मेचीका कर्मचारी तथा प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *