बुद्धशान्तिमा ठुटेबर मेला शुरु

बुद्धशान्ति गाउँपालिका–६ मा मंगलबारदेखि ठुटेबर मेला सुरु भएको छ । झापा र इलामको सङ्गमस्थल ठुटेबरमा ठुटेबर संरक्षण तथा विकास समितिद्वारा आयोजित मेलाको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन् ।

मेला मङ्सिर ११ गतेसम्म जारी रहनेछ । हरेक वर्ष वैशाख पूर्णिमा र कात्तिक पूर्णिमा आयोजना हुँदै आएको मेला भर्न मोरङ, सुनसरी र भारतको दार्जिलिङबाट सर्वसाधारण आउने गरेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

मेला उद्घाटन गर्दै महामन्त्री एवम् झापा क्षेत्र नं. १ का सांसद शर्माले छ करोडको लागतमा बुद्धशान्ति गाउँपालिकामा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बताउनुभयो । उहाँले धुलाबारीदेखि ठुटेबरसम्मको सडक कालोपत्र गर्न सरकारले चार करोड विनियोजन गरिसकेको जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *