बुद्धशान्ति । गणतन्त्र दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
झापाको बुद्धशान्तिमा पनि सदाझैं गणतन्त्र दिवस मनाइएको छ।
बुद्धशान्ति – ५ का स्थानीय युवाहरुले दिप प्रज्ज्वलन गरी १५ औं गणतन्त्र दिवस मनाएका हुन्।
वडाका वडाध्यक्ष डेगेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तरुण दलका करण लाबुङ, युवासंघ बुद्धशान्तिका पवन खतिवडा लगायतको सहभागीता थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष कार्कीले देशमा गणतन्त्र आएको महसुस गराउने गरी आँफुले कार्यसम्पादन गर्ने बताएका थिए।
सम्पुर्ण वडावासीलाई शुभकामना दिदै कार्कीले परिवर्तनको महशुस गराउने बाचा समेत गरेका थिए।
स्थानीय पोषण खतिवडा,विकल भट्टराई,रोशन भण्डारी,प्रदिप गिरी,टुवल ढुङ्गेल,होमनाथ कटुवाल,संजय खड्का, संचारकर्मी आयुष निरौला लगायतको सहभागिता थियो।
कार्यक्रममा बिभिन्न आन्दोलनका सहिदहरुप्रति सम्झना गर्दै मौन धारण सहित शुरु भएको थियो।
सहभागीहरुले दिप प्रज्जवलन गरि सम्पन्न कार्यक्रमको संचालन बिष्णु लामिछानेले गरेका थिए। यता नेपाल विद्यार्थी संघ बुद्धशान्ति र तरुण दल बुद्धशान्तिले आज गणतन्त्र दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरेको छ ।
नेविसंघ बुद्धशान्तिका सभापति उमेश भट्टराईको सभापतित्वमा बुधबारेको बालुवाटार चौक अघि भएको कार्यक्रममा तरुण दल बुद्धशान्तिका सचिव विनोद रिजालले उपस्थितहरुलाई शाब्दिक स्वागत गरेका थिए ।
त्यस्तै नेवि संघ जिल्ला संचार विभाग प्रमुख गोकुल पौडेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन नेवि संघ बुद्धशान्तिका सचिव प्रकाश शेर्माले गरेको नेवि संघ बुद्धशान्तिका उपसभापति विमल पराजुलीले जानकारी दिएका छन् ।