बुद्धशान्तिमा नागबेली सुपारी सहकारीको आयोजनामा ३०० बढीको आँखा परीक्षण

बुद्धशान्ति – नागबेली सुपारी उत्पादन सहकारीको आयोजनामा तथा मेची नेत्रालय, काँकडभिट्टाको प्राविधिक सहयोगमा बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

शनिबार गडिगाउँ माध्यामिक विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त शिविरमा मेची नेत्रालयका वरिष्ठ आँखा विशेषज्ञ डा. पर्शुराम भट्टराई नेतृत्वको चिकित्सक तथा प्राविधिक टोलीले ३०८ जनाको आँखा परीक्षण गरी आवश्यक परामर्श प्रदान गरेको नागबेली सुपारी उत्पादन सहकारीका अध्यक्ष गङ्गाराम राईले जानकारी दिनुभयो।

EPIC EPIC EPIC EPIC EPIC

शिविरमा आँखा परीक्षण गराएका ११८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने २८५ जनालाई आवश्यक औषधि प्रदान गरिएको थियो। साथै, मोतियाविन्दु देखिएका १३ जनाको निःशुल्क शल्यक्रिया गरिने डा. भट्टराईले बताउँनुभयो।

शिविरको उद्घाटन गडिगाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक रूद्रमणि खतिवडाले गर्नुभएको थियो। कार्यक्रममा नागबेली सुपारी उत्पादन सहकारीका पदाधिकारी, बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिहरू, विद्यालयका शिक्षकहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *