बुद्धशान्तिमा प्रथम अध्यक्षकप वडा स्तरीय टी–१० क्रिकेट प्रतियोगिता हुने

बुधबारे । आदर्श युवा क्लब बुद्धशान्ति ३ झापाको आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको सहयोगमा बुधबारेमा प्रथम बुद्धशान्ति अध्यक्ष कप वडा स्तरीय टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

७ वटा वडाहरुको सहभागीता रहने प्रतियोगिता आइतबार बाट सुरु हुने शुक्रबार पत्रकार सम्म्ेलन मार्फत जनाइएको छ । क्लबका अध्यक्ष मात्रिका श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा खेल तालिका समेत सार्वजनिक गरिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

सम्मेलनमा वडाका खेल प्रतिनिधीले लक्की ड्र मार्फत कुन वडा को संग प्रतिष्पर्धा गर्ने भन्ने समेत टुङ्गो लगाएका छन् । पहिलो खेल तिन वटा हुनेछ । जसमा आइतबार वडा नं १ र ७, दोस्रो खेल वडा नं २ र ६ र तेस्रो खेल वडा नं ४ र ५ बिच प्रतिष्पर्धा हुने र वडा नं ३ भने चिठ्टा मार्फत सोझै सेमिफाइनलमा पुगेको संस्थाका सचिव दुर्याधन सिंह राजपुतले पत्रकार सम्मेलनमा बताएका छन् । सेमिफाइनलका दुबै खेल २९ गते र उपाधी भिडन्त ३० गते हुनेछ ।

बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगिताको उपाधी बिजेताले नगद २५ हजार रुपैयाँँ र उपबिजेताले १५ हजार नगद , ट्रफी, मेडल र प्रामणपत्र पाउने संस्थाका अध्यक्ष मातृका श्रेष्ठले बताएका छन् । साथै उत्कृष्ठ खेलाडिलाई विभिन्न बिधामा समेत पुरस्कार दिईनेछ ।

कार्यक्रममा बोल्दै प्रतियोगिताको संयोजक दिपक सुब्बाले वडास्तरिय माध्यमबाट बुद्धशान्तिको सिङ्गो टिम निर्माण, राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए । संयोजक सुब्बाका अनुसार खेलाडी उत्पादन गर्दै कृकेटको वृद्धि बिकास गरिने छ ।

बुधबारे पेट्रोलपम्प पश्चिमपट्टिको खेल मैदानमाको हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भईसकेको बताउँदै कोषाध्यक्ष गोकुल पौड्यालले २०५२ सालमा स्थापित क्लबले बिगत देखि नै विभिन्न खेलकुद कार्यक्रम साथै सामाजिक कार्यक्रम गर्दै आएको बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *