बुद्धशान्तिमा प्रथम झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता हुने

बुधबारे(पालिका सन्देश)। बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले प्रथम झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । आइतबार प्रतिष्ठानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आगामी फागुन २ गतेदेखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताएका छन् ।

झापा जिल्लाका पन्ध्रवटै पालिकाको सहभागी हुने प्रतियोगितामा बिजेताले नगद १ लाख रुपैँया, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ भने उपबिजेताले नगद ५० हजार र मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताइएको छ । खेल टी–२० को नियम अनुसार हुनेछ । अध्यक्ष प्रसाईंका अनुसार प्रत्येक टीममा १५ जना खेलाडीहरु हुनेछन् । जसमा ११ जना मुख्य खेलाडी र ४ जना बैकल्पिक रहने छन् । खेलमा म्यानअफ् दी म्याचलाई २ हजार, फाइनलको दिन म्यानअफ् दी म्याचलाई ५ हजार र म्यान अफ् दी सिरिजलाई १० हजार पुरस्कार दिइने छ ।

EPIC EPIC EPIC EPIC EPIC

सोही अवसरमा खेल तालिका समेत चिठ्ठा मार्फत सार्वजनिक गरिएको छ । पोल (ए) र पोल (बी) गरी खेल तालिका सार्वजनिक गरिएको हो । पहिलो खेल कनकाई नगरपालिका र बाह्रदर्शी गाउँपालिका बिच हुनेछ । दोस्रो खेल हल्दिबारी र गौरीगञ्ज गाउँपालिका, तेस्रो खेल बुद्धशान्ति गाउँपालिका र मेचीनगरपालिका, चौंथो खेल झापा गाउँपालिका र गौरादह नगरपालिका, पाँचौ खेल शिवसताक्षी र कमल गाउँपालिका, छैठौँ खेल भद्रपुर र दमक नगरपालिका, सातौँ खेल अर्जुनधारा र कचनकवल गाउँपालिका बिच हुने बताइएको छ । बिर्तामोड नगरपालिका भने बाईमा परेको छ । खेल बुद्धशान्ति २ स्थित पेट्रोल पम्प छेउको खुला मैदानमा हुनेछ ।

प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंको अध्यक्षता तथा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाको प्रमुख आतिथ्यता, क्रिकेट संघ कोशी प्रदेशका सदस्य नारद नेपालको बिशिष्ट आतिथ्यता, झापा जिल्ला क्रिकेट संघका कोषाध्यक्ष तुलानाथ दाहालको बिशेष आतिथ्यतामा खेल तालिका सार्वजनिक गरिएको थियो । खेल तालिका सार्वजनिक कार्यक्रमको सहजिकरण गोकुल पौडेलले गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव मदन मगरले गरेका थिए ।

आपत विपतमा परेकाहरूलाई सहयोग गर्ने साथै बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने स्थापना भएको यस प्रतिष्ठानले ५० लाख अक्षयकोष र २० लाख कार्यालय व्यवस्थापनका लागि गरेर ७० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । स्थापनाको छोटो समयमा यस संस्थाले बुद्धशान्तिमा सामाजिक कार्य गरेर आफ्नो छुट्टै छाप छोड्न सफल भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *