बुद्धशान्तिमा बिप्लव माओवादी भन्दै चन्दा आतंक

image search 1686705591279

बुद्धशान्ति। बुद्धशान्तिमा बिप्लव निकट माओवादीको नाममा चन्दा आतंक बढेको छ। झापाका विभिन्न शैक्षिक सस्थाहरुमा बिभिन्न समयमा सो समुहले फोन गरेर र भेटेरै चन्दा माग्ने गरेका छन् ।

पार्टीको अधिबेशन आएको र सहयोग गर्नुपर्यो भन्दै चन्दा माग्ने गरेको बुद्धशान्तिका एक सामुदायिक बिद्यालयका प्रधानाध्यापकले बताए ।
उनका अनुसार २ हप्ता अघि अपरान्हमा बिद्यालय हातामै अभिभावकको रूपमा प्रबेश गरेका केही युवाले
चन्दा मागेका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

बुद्धशान्तिकै निजी विद्यालय संचालकलाई पनि संगठन बिस्तार गर्न खर्च चाहिएको भन्दै एउटा समुहले चन्दा माग्ने गरेको प्रधानाध्यापकले जानकारी दिए।

“धम्की दिएका छैनन्, सहयोग गर्नुपर्यो भनेर रकम नै तोकेर आउने गरेका छन् , प्रहरीलाई खबर गर्न पनि डरमर्दो नै हुँदोरहेछ” उनले भने।

बुद्धशान्तिका अधिकांश विद्यालयमा सो समूहले अलगअलग शिर्षकमा रकम माग्ने गरेको खुलेको छ।
पछिल्लो १५ दिनमा मात्रै बुद्धशान्तिका एक दर्जन बढी बिद्यालयमा भिन्न भिन्न विवरण लिएर पैसा माग गरेको प्रधानाध्यापकले बताए ।

चन्दा माग्ने सो समूहले कागजी प्रमाण भने कतै छोडेको छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *