बुद्धशान्तिमा बोलेरो र अटो ठोक्किदा एकजनाको मृत्यु, दुईजना घाइते

बिर्तामोड, माघ ७ । झापाको बुद्धशान्तिमा बोलेरो र अटो ठोक्किदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

EPIC

आज बिहान १०:४५ बजे बुद्धशान्ति –४ हापेन चोकस्थित मेची राजमार्गमा चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३८५१ नम्बरको बोलेरो गाडी र विपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–००२ ह ३६३ नम्बरको अटो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

EPIC EPIC EPIC

दुर्घटनामा अटोमा सवार बुद्धशान्ति ४ बस्ने २१ वर्षीया कृतिका तामाङ , सोही ठाउँ बस्ने ४१ वर्षीया मन्जु तामाङ र बोलेरो चालक मेचीनगर नगरपालिका १२ बस्ने ४० वर्षीय दिलकुमार माझी घाइते भएका थिए ।

घाइतेहरुलाई सिटी अस्पताल बुधबारेमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले अमृतालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुवै गाडी र अटो चालक बुद्धशान्ति-४ बस्ने ५३ वर्षीय अजय मुक्तान इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *