Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा रथयात्रासहित दुर्गा पूजा सुरु

बुद्धशान्ति । पाथीभरा माताको शोभा रथयात्रासहित बुद्धशान्ति–३ मा दूर्गा पूजाको आरम्भ गरिएको छ । घटस्थापनाको अवसरमा बुद्धशान्ति–३ स्थित श्री सेतीदेवी मण्डकाली पाथिभरा देवी मन्दिरको आयोजनामा नगरपरिक्रमा गर्दै दूर्गा पूजा सुरु गरिएको हो ।


द्वापर युगमा पाथीभारा माताले बास बसेको जनविश्वास रहेको यस मन्दिरबाट घटस्थापनाको दिन हरेक वर्ष रथ यात्रासहित नगर परिक्रमा गर्ने ऐतिहासिक संस्कार सुरु गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ अधिकारीले बताए । नगर परिक्रमाका क्रममा लामो समयदेखि अस्वस्थ रहेका मन्दिरका संस्थापक अध्यक्ष रत्नमणि श्रेष्ठलाई घरमै पुगेर सम्मान गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव लोकबहादुर माझीले जानकारी दिए ।

EPIC EPIC EPIC


शोभा यात्रामा माताको शैय्यालाई बोकेर जलकन्या माता मन्दिर, ओमकारेश्वर शिवालय मन्दिर, कमलेश्वर धाम साधुकुटी, जगत गुरु जन्मस्थान समेत परिक्रमा गरिएको थियो । दियो कलश, धामीझाँक्री, शंखध्वनि, बाजागाजा सहित स्थानीयको भव्य उपस्थितिसहित शोभा रथयात्रा सम्पन्न गरिएको छ । रथयात्रा व्यवस्थापनमा समितिका सहसचिव हरि नारायण खतिवडा, सदस्यहरु दुर्गा बाँस्कोटा, श्रीप्रसाद खनाल, जीतबहादुर श्रेष्ठ, लक्ष्मी कोइराला लगायतको सक्रिय सहभागिता रहेको थियो ।


घटस्थापनादेखि नौ दिनसम्म आयोजना हुने पूजा पाठका क्रममा चण्डी पाठ, पारिवारिक संकल्प गर्ने व्यवस्था मिलाइएको सचिव माझीले जानकारी दिए । उनले ऐतिहासिक महत्व राख्ने यो मन्दिर धार्मिक शक्तिपीठ रहेको बताएका छन् । ‘यो मन्दिर रहेको ठाउँमा जोरसिमल रहेको थियो, जसको फेदमा परापूर्वकालदेखि पूजाआजा गरिन्थ्यो’, उनले भने, ‘मध्यान्हमा यहाँ दुई सिंह गर्जन्थे र विशेष पर्वमा मध्यरातमा आफैँ दिप प्रज्ज्वलन हुन्थ्यो भनेर हाम्रा पूर्खाहरुले भन्नु हुन्थ्यो ।’ पछि सो जोरसिमल ढालिएपछि पञ्चवृक्षका रुपमा माताको आगमन भएको भन्दै स्थानीयहरुको सहयोगमा मन्दिर स्थापना गरिएको उनले बताए । मन्दिरमा तान्त्रिक विधिबाट उत्खनन् गरिएका नौ वटा शक्ति शिला रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *