बुद्धशान्ति। बुद्धशान्ति ४ स्थित अमर बस्तीका एक लोहार दम्पत्तीले मंगलबार राती करिब १० बजे झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका छन् ।
जसमध्ये श्रीमतीको मृत्यूभइसकेको छ भने श्रीमानको उपचारका क्रममा बिर्तामोड स्थित बि एण्ड सी अस्पताल लगिएको बुद्धशान्ति ४ का वडाध्यक्ष शेरबहादुर रायले जानकारी दिएका छन् । घरको बरण्डामा श्रीमान् श्रीमतीलाईनै झुण्डीको अवस्थामा देखेपछि छिमेकीको सहयोगमा डोरी काटिएको थियो ।
केही समय अघि झापाकै दुधेमा पनि श्रीमान् श्रीमतीलेनै विष सेवन गरी आत्महत्या गरेका थिए ।