Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्तिमा विद्युत सर्ट भई आगलागी, ३ लाख बराबरको क्षति

बुधबारे। विद्युत सर्ट भई आगलागी हुँदा बुद्धशान्ति २ जयपुर बस्ने मनरथ पोखरेलको गोठ जलेर नष्ट भएको छ ।

गएराति ८.३० बजेको समयमा पोखरेलको घरनजिकै रहेको काठ र टिनबाट बनेको गाई गोठमा बिद्युत सर्ट भई अचानक आगलागी भएको हो ।

EPIC

आगलागीबाट गोठ, गोठमा राखेको पराल,सखुवाको काठ ३० क्यूफिट, कुटि काट्ने मेसिन र मकै ३० मन गरी अन्दाजी मूल्य रु.३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेको टोली ,स्थानीयवासी, घरपरिवार,मेचीनगर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति ९ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *