बुद्धशान्तिमा सालोद्वारा भिनाजुको हत्या

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा गएराति आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका छन् ।

राति ११.२० बजेको समयमा बुद्धशान्ति– ५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका भिनाजु सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालबीच घरायसी विवाद हुँदा रोशनले भिनाजु धनबहादुरलाई धारिलो हतियार खुकुरी तथा बाँसले टाउमा प्रहार गर्दा शरीरको विभिन्न भागमा चोट लागेर गंभीर घाईते भएका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा उपचारका क्रममा आज बिहान १ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय बुधबारेबाट टोली खटिगई धारिलो हतियार खुकुरी प्रहार गर्ने रोशनलाई खुकुरीसहित नियन्त्रणमा लिई ईप्रका बुधबारेमा ल्याई राखिएको डीएसपी रिजालले जानकारी दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *