बुद्धशान्तिमा हाउजी- आज हाउसफुल विजयतालाई १ तोला सुन पुरस्कार

बुधबारे । आदर्श यूवा क्लब बुद्धशान्तिद्धारा वडा दशैं, तिहार र छैठ पर्वको अवसरमा आयोजना भइरहेको हाउजी खेलमा आज विषेश पुरस्कार अन्तर्गत हाउसफुल विजयतालाई एक तोला सुन पुरस्कार दिइने भएको छ ।

क्लबका सचिव दुर्योधन (देव) सिंहका अनुसार हाउजी खेललाई थप उत्साहजनक तथा रचनात्मक बनाउनका लागि खेल अवधीमा बीचमा यस्ता विषेश पुरस्कारको व्यवस्था गरिने र आजको खेलमा हाउसफुल विजयतालाई एक तोला सुन र अन्य विजयताहरुलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने छ ।

EPIC EPIC EPIC EPIC EPIC

आदर्श यूवा क्लबद्धारा ३ दसक अघि देखि प्रत्येक वर्ष दशैंको घटस्थापनादेखि छैठ पर्व सम्म हाउजी खेल संचालन गर्दै आएको छ । हाउजी खेल चाडवाडको बेलामा मनोरञ्जनको साथ साथै साथीभाइ भेटघाट गर्ने थलो समेत बनेको छ ।

क्लबका उपाध्यक्ष तथा हाउजी खेल संयोजक दिपक सुब्बा थेबे भन्छन्,

“बुधबारेको हाउजी खेलले ऐतिहासिक सान्स्कृतिक झल्को दिने गरेको छ जस्को आमदानीबाट क्लबले विभिन्न सामाजिक कार्य तथा खेलाडी उत्पादन र खेलकुद विकासको गतिविधि सन्चालन गर्ने गरेको छ ।”

प्रत्येक साझ ६ बजेबाट सुरु हुन खेलमा झापाका बुद्धशान्ति, मेचिनगर, विर्तामोड, अर्जुुनधारा, इलामको रोङ तथा अन्य जिल्लाबाट समेत ३०० बढी हाउजी खेलप्रेमीहरुको सहभागीता रहने गरेको क्लबका कोषध्यक्ष बाल कुमार राईले बताए ।

आजको विषेश खेलको टिकट बिक्री साझ ४ः३० बाट सुरु हुने र खेल बेलुका ६ बजेबाट बुधबारे चोक बालुवाटार पछाडीको चौरमा संचालन हुने छ । आजको खेलको टिकट दर ५ सय रुपैयाँ समेत कोषध्यक्ष राईले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *